Environmentहाम्रो यस Bardaghat Youth Circle (BYC) को वृक्षरोपण अभियान अन्तर्गत बर्दघाट नगरपालिकाका विभिन्न सार्वजनिक स्थल, विद्यालय तथा सामुदायिक क्षेत्रहरूमा वृक्षरोपण गर्दै आइरहेका छौं। 🌱 हरियाली र स्वच्छ वातावरणको सन्देश घर-घरसम्म पुर्याउने उद्देश्यले BYC ले विद्यालयका प्राङ्गण, पार्क, सडक किनारा तथा खुला सार्वजनिक ठाउँहरूमा बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइरहेको छ। यो केवल बिरुवा रोप्ने अभियान मात्र नभई आउँदो पुस्तालाई एक स्वस्थ, हरियाली र दिगो वातावरण हस्तान्तरण गर्ने हाम्रो साझा प्रतिबद्धता हो। आउनुहोस्, हामीसँगै हात मिलाऔं — एक बिरुवा, एक जिम्मेवारी। 🌳💚
Snapshots from this initiative in action.























